काठमाडौ । कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै Banking Finance & Insurance Institute of Nepal (BFIN) द्वारा प्रदान गरिने L & D Excellence Award(2023 बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ ।
अलफ्ट काठमाडौं होटलमा आयाेजित सम्मानित समारोहमा “Leaders for the Next Generation: Expect the Unexpected” कन्फरेन्सकाबिच बैंकलाई गोल्ड श्रेणी अन्तर्गतको उक्त अवार्ड प्रदान गरेको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महालक्ष्मी विकास बैंकको मानव संशाधन विभाग प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरिएको हो ।
"सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।
महालक्ष्मी विकास बैंकले आमग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता समेत जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० १६:०५