कास्की । आगामी असोज ६ देखि २३ गतेसम्म मित्रराष्ट्र चीनको होङझावमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) का लागि नेपाली टोलीले तयारी गरिरहेको छ।
तयारीस्वरुप गण्डकी प्रदेशको राजधानी शहर पोखरामा चार खेलको बन्द प्रशिक्षण सञ्चालन भइरहेको हो ।
महिला ह्याण्डबल, पुरुष रग्बी, आर्चरी र भारत्तोलन खेलका खेलाडीले पोखरामा बन्द प्रशिक्षण लिइरहेका छन्। बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय महिला ह्याण्डबल टोलीलाई खेल पोसाक (ट्रायक) प्रदान गरिएको छ ।
पोखरामा सामाजिक क्षेत्रमा महिलाका क्षेत्रमा काम गर्दै आएको वुमन्स क्लबले टिमका १६ खेलाडी र दुई प्रशिक्षकलाई खेल पोसाक प्रदान गरेको हो। खेलाडीलाई आवश्यक सामग्री अभाव नहोस् भनेर सो सहयोग गरिएको बताइएको छ ।
ह्याण्डबल टोलीका प्रशिक्षक विन्दा थापाले टोलीले साउन पहिलोसातादेखी पोखरामा बन्द प्रशिक्षण सञ्चालन गरिरहेको बताउँदै टोलीका सबै खेलाडी एशियाडका लागि उत्साहित भएको र सकारात्मक नतिजाका लागि खेल्ने उल्लेख गरे।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १६:४६