काठमाडौँ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ ।
आजको कारोबारमा नेप्से परिसूचक ८ दशमलव ०१ अङ्कले बढेर २ हजार ३३ दशमलव १३ अङ्क कायम भएको छ ।
आज विभिन्न कम्पनीका कुल ४० लाख ९ हजार २६३ कित्ता शेयर १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ दशमलव ७९ मा कारोबार भएको छ ।
यो दिनको कारोबारमा म्यूचुअल फण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किममा सकारात्मक सर्किट लागेको छ।
साथै लवर्टी इनर्जी कम्पनीको ९ दशमलव ९४ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको ६ दशमलव १७ प्रतिशत, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको ५ दशमलव ७७ र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको शेयर मूल्य ४ दशमलव ९८ प्रतिशतले बढेको छ।
त्यसैगरी लक्ष्मी इक्विपटी फण्डको शेयर मूल्य ७ दशमलव ४३ प्रतिशतले घटेको छ भने मेन्छियाम हाइड्रोपावर लिमिटेडको ४ दशमलव ४१ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कनस्ट्रक्सन लिमिटेडको ४ दशमलव २१ प्रतिशत, सुपर माइ हाइड्रोपावर लिमिटेडको ३ दशमलव ९० प्रतिशत र बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ३ दशमलव ७१ प्रतिशतले घटेको छ।
आजको कारोबारपछि बजारपुँजीकरण ३० खर्ब ४३ अर्ब ९१ लाख ७७ हजार ५७९ दशमलव ८ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १७:१०