तिमी प्रेमज्वाला बढाएर आउनु
सरिता जसरी गड्गडाएर आउनु।।
मसँगै रमाई कटाउन यो जुनी
ती वैरी र पर्खाल लडाएर आउनु।।
हरेक पल पुजामा पुकारी मलाई
र विन्ती ईश्वरमा चढाएर आउनु।।
मुटुमा बनेको लुकाउन घाउ
नदि पारी बग्गी अडाएर आउनु।।
नदेख्लान् दुनियाँ रिस गर्नेहरुले
तिनलाई रिसमै वेद पढाएर आउनु।।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० २१:१४