लैजाउ तिम्रा संझना यो दिलको भित्ता बाट
फैलिए झन् हात बनि अंगुल बित्ता बाट
जल्नु अघि ब्रह्मनालमा बोल्यो एउटा लाश
नपठाउ याद झर्दैन आँशु मेरो चित्ता बाट।।
तिमीलाई दुख्ला भनेर हो मैले मुख नबाएको
फुट्दा पनि आफ्नै मुटु भित्र भित्रै दबाएको
सिधै भने हुन्छ कोहि माया गर्ने भेटेँ भनि
कत्ति पर्दैन मन मलाई तिमीले कुरा चपाएको।।
भन तिम्रो नियास्रो मेट्न मैले के के गर्नु पर्छ
हुन्छ भेट यहि जुनीमा कि भेट हुन मर्नुपर्छ?
कुनै कुनै संयोगहरु आखिरी नै हुँदा रैछन्
अर्को संयोग जुर्नलाई आकाश भूइँमा झर्नुपर्छ।।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १४:५८