मलेखु धादिङ । काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ।
काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो।
गजुरी-२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइतेको उद्धार भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १२:३८