काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि २० दशमलब ५४ अङ्कले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २० दशमलव ५४ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९३ दशमलब ३८ कायम भएको छ।
आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ४४ अङ्कले ओरालो लागेर ३ सय ८२ दशमलव ११ मा सीमित भएको छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको शेयर मूल्यमा उकालो लागेको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।
नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३८ लाख ९५ हजार २ सय ३६ कित्ता शेयर १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८ सय ७६ मूल्यमा कारोबार भएको छ।
नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ। साथै स्वाभिमान लघुवित्त ६, सिटिजन म्युचुअल फण्ड ५ दशमलव ८८, पिपुल्स पावर ५ दशमलव १८ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य ४ दशमलव ८९ प्रतिशतले बढेको छ ।
यस्तै, कमर जीतमाया सुरी हाइड्रोपावर ९ दशमलव ६३, लिवर्टी इनर्जी ६ दशमलव ३०, अप्पर स्याङ्गे हाइड्रोपावर ५ दशमलव ७९, माहुली लघुवित्त ५ दशमलव ६८ र खानीखोला हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ५१ प्रतिशतले बढेको छ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १८:०७