काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर १ हजार ९ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको छ।
आज २ सय ७८ कम्पनीको ४० लाख ६ हजार ७ सय ३९ कित्ता शेयर २९ हजार ६ सय ४० पटक खरिदबिक्री हुँदा कारोबार रकम ८६ करोड ५१ लाख २० हजार ४ सय ५२ मा खुम्चिएको छ ।
लगानी समूह, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेका छन् भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
लगानी समूह ० दशमलव ०९, म्युचुअल फन्ड ० दशमलव ०४, निर्जीवन बीमा ५ दशमलव ६१ र व्यापार ० दशमलव ८० अङ्कले बढेका छन्। सबैभन्दा धेरै घट्नेमा भने जीवन बीमा समूह ५० दशमलव ०१ र होटल तथा पर्यटन ३५ दशमलव ५८ अङ्कले घटेका छन्।
त्यस्तै, बैङ्किङ २ दशमलव १९, विकास बैङ्क २१ दशमलव १७, वित्त चार दशमलव ८८, जलविद्युत् ११ दशमलव ४१, उत्पादन तथा प्रशोधन ३१ दशमलव ४२, लघुवित्त शून्य दशमलव ६० र अन्य समूह ३ दशमलव १२ अङ्कले घटेको छ ।
आजको कारोबारमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४ दशमलव ८३ प्रतिशतले घटेको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेडको ३ करोड ६२ लाख २ हजार ६ सय ५९ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ इक्विटी फन्डको ४ लाख ६७ हजार ४५ कित्ता किनबेच भएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० १६:०८