नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नु पर्ने बताएको छ।
विराटनगर विमानस्थलमा कुरा गर्दै उनले सद्भाव विथोल्ने कार्य बन्द गरी समाजमा सद्भावका साथ अगाडि बढ्नु पर्नेमा जोड दिएको हो।
पूर्व प्रधानमन्त्री ओलीले संसदबाट पास भएको एमसिसि सम्झौता कार्यान्वयन लैजाने बताउँदै १२ बुंदे व्याख्या झुक्याउने कार्य मात्र भएको स्पष्ट पारेका हुन्।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले गठबन्धन दलसँग कोशी प्रदेशमा सरकार निर्माणका लागि कुनै सम्झौता नभएको जनाउँदै सत्तापक्षले राप्रपाले गठबन्धनलाई सहयोग गर्ने झुठो कुरा हो भनेका छन् ।
पूर्वप्रधानमन्त्री ओली संसदबाट सर्वसम्मतिले पारित गरेको नेपालको भूगोल समेटिएको नक्सालाई चुच्चे नभन्न आग्रह गर्दै मित्र राष्ट्र चीनले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा समावेश गर्न कुटनैतिक नोट पठाउनु पर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १६:२०