काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीले चीनमा आयोजना हुने एशियन कप-२०२३ छनौटको तेस्रो चरण खेल्ने भएको छ।
चीन र कतारले विश्वकप छनौट तथा एशियन कपमा स्थान बनाएसँगै समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाएको एशियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ ।
फिफा विश्वकप छनौटको दोस्रो चरणका खेल सकिएसँगै एशियन कपमा छनौट हुने र प्ले-अफ खेल्ने टोलीको टुङ्गो लागेको हो।
विश्वकप छनौट २०२२ र एशियन कप छनौट २०२३ अन्तर्गत दोस्रो चरणको छनौटमा नेपाल चौंथो स्थानमा रहेको थियो।
नेपालको विश्वकप छनौटको तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त भईसकेको छ । तर एएफसीले बनाएको नयाँ नियमको कारण नेपालले सिधै एशियन कप छनौटको तेस्रो चरणमा स्थान बनाएको हो ।
यसअघि छनौटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम रहेको थियो । दोस्रो चरणमा चाईनिज ताईपेलाई दुबै खेलमा हराउँदै नेपालले ६ अंक जोडेको थियो ।
तेस्रो चरणको छनौटमा २४ टिमको सहभागिता रहनेछ । अब छनौटको पाँचौं स्थानमा रहेको टिमले प्ले-अफ खेल्ने छन्।
प्ले अफमा चाईनिज ताईपेई, इन्डोनेसिया, कम्बोडिया र गुआमले प्रतिस्पर्धा गर्नेछन् । प्ले अफका शिर्ष दुई टोलीले तेस्रो चरणमा स्थान पक्का गर्नेछन्।
प्रकाशित मिति: बुधबार, असार २, २०७८ १५:३७