काठमाडाै । इजरायलको नेतन्यामा आयोजना हुने वल्र्ड अक्वाटिक वल्र्ड जुनियर स्विमिङ्ग च्याम्पियनसिप २०२३ मा सहभागी हुने नेपाली पौडी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले शुभकामना सहित बिदाई गरेको छ।
टोलीलाई बिदाई गर्दै सदस्य सचिव घिसिङ्गले खेलाडीले पुरानो इतिहासलाई हेरेर रमाउने नभइ आफैले नयाँ इतिहास कोर्नु पर्ने बताउँदै उनले खेलाडीहरुका लागि सहज बातावरण सिर्जना गर्न आफू हर समय लागि परेको बताएको हो ।
यहि भाद्र १८ देखि २३ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको व्यवस्थापकमा जेनिफर लामा र प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन् ।
यस्तै खेलाडीहरुमा अजलकाजी ताम्राकार (५० मिटर बटरप्mलाई र फ्रिस्टायल), इरभिन श्रेष्ठ (१०० र २०० मिटर फ्रिस्टायल), अल्भिन महर्जन (५० मिटर बटरप्mलाई र १०० मिटर फ्रिस्टायल), उपास्ती महर्जन (५० र १०० मिटर ब्रेष्टस्ट्रोक), रोशा न्यौपाने (५० र १०० मिटर फ्रिस्टायल) र टिशा महर्जन (५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायल) रहेका छन्।
बिदाई कार्यक्रममा संघका अध्यक्ष अशोक बज्राचार्य लगायतको उपस्थिति रहेको थियो । नेपाली टोली भोलि बिहान ७ बजे इजरायलतर्फ प्रस्थान गर्नेछ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८० १६:३७