काठमाडौँ । यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल चार कारोबार दिनमा तीन दिन घटेको सेयर बजार एक दिन बढेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सेयर बजारमा यो हप्ता चार दिनमा कुल ४ अर्ब २४ करोड ६५ लाख २४ हजार नौ सय ३२ बराबरको कारोबार भएको छ।
साताको पहिलो दिन आइतबार परिसूचक २० दशमलव ५४ अङ्कले घटेर १ हजार ९ सय ९३ दशमलव ३८ पुगेको बजारमा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८ सय ७६ मूल्य बराबरको कारोबार भएको थियो ।
यस दिन कुल २ सय ८० कम्पनीका ३८ लाख ९५ हजार २ सय ३६ इकाई सेयर कारोबार भएका थिए ।
त्यस्तै कारोबारको दोस्रो दिन सोमबार परिसूचक ५ दशमलव ०९ ले बढेर १ हजार ९ सय ९८ दशमलव ४८ पुगेको बजारमा ९८ करोड ८६ लाख २८ हजार ५ सय ६२ मूल्य बराबराको कारोबार भएको थियो । यस दिन कुल २ सय ७९ कम्पनीका ३७ लाख ७९ हजार ७ सय ३१ कित्ता सेयर कारोबार भएका थिए ।
कारोबारको तेस्रो दिन परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको थियो । मङ्गलबार नेप्से परिसूचक ५ दशमलव ०५ अङ्कले घटेर १ हजार ९ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको थियो ।
यस दिन २ सय ७८ कम्पनीको ४० लाख ६ हजार ७ सय ३९ कित्ता सेयर २९ हजार ६ सय ४० पटक खरिद बिक्री हुँदा कारोबार रकम ८६ करोड ५१ लाख २० हजार ४ सय ५२ मा खुम्चिन पुगेको थियो ।
त्यस्तै बुधबारको सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ८२ अङ्कले घटेर १ हजार ९ सय ९० दशमलव ५९ अङ्कमा कायम भएको छ। कुल २ सय ७६ कम्पनीको ३८ लाख ३ हजार २ सय ४४ कित्ता सेयर ३२ हजार २ सय ९८ पटक खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब १३ करोड ८ हजार ४१ पुगेको थियो।
यस हप्ता जम्मा ४ दिन सेयर कारोबार भएको थियो।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० १९:२५