काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ ।
आजको कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार ९ सय ८६ दशमलव ९९ अङ्कमा कायम भएको हो।
आजको कारोबारमा विभिन्न कम्पनीका कुल ४७ लाख ४२ हजार ५ सय ११ कित्ता शेयर ३७ हजार ७ सय ९९ पटक खरिदबिक्री हुँदा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३ सय ९७ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा वित्त समूहको उपसूचक ३ दशमलव ६५ प्रतिशत र व्यापार समूहको उपसूचक ३ दशमलव ६३ प्रतिशतले बढेको छ ।
आज थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ भने मेन्छियाम हाइड्रोपावर लिमिटेडको ९ दशमलव ९७, मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको ९ दशमलव ८७, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड ९ दशमलव ८५ र प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयर मूल्य ८ दशमलव ६५ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै घट्नेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम(२ को शेयर मूल्य ७ दशमलव ४३ ले घटेको छ । कारोबार रकमका आधारमा आज साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६ करोड २५ लाख ५२ हजार ४ सय ४८ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड र बढी सङ्ख्यामा शेयर कारोबार हुनेमा आइएमई लाइफ इन्स्योरेन्स छ ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० १६:२८