काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव ४८ अङ्कले बढेर २ हजार ७ दशमलव ०६ अङ्कमा कायम भएको छ।
नेप्सेका अनुसार आज २ सय ७५ कम्पनीको ५१ लाख ४४ हजार ७ सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिदबिक्री हुँदा १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९ सय पाँच बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । जसमध्ये जलविद्युत् समूहको उपसूचक सबैभन्दा धेरै ३ दशमलव ६२ प्रतिशत र वित्त समूहको उपसचूक ३ दशमलव २० प्रतिशतले बढेको छ ।
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै शुभम पावर लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ दशमलव ८६, अरुण काबेली पावर लिमिटेडको ९ दशमलव ०३ प्रतिशत र अपि पावर कम्पनी लिमिटेडको शेयर मूल्य ८ दशमलव २९ प्रतिशतले बढेको छ।
आजको कारोबारमा थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक लिमिटेडको ७ करोड ९३ लाख २५ हजार ३ सय ४७ बराबरको शेयर किनबेच भएको छ।
यो साता शेयर बजारमा तीव्र उतारचढाव देखिएको छ। आजको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब ४ अर्ब ६२ करोड ५२ लाख ३८ हजार ३ सय २६ पुगेको छ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० १६:४८