काठमाडौ । अनेरास्ववियु पाटनको अध्यक्षमा प्रज्वल भण्डारी सर्वम्मत चयन भएका छन् ।
अनेरास्ववियु पाटन सयुक्त क्याम्पस कमिटी को २७ औं सम्मेलन संगठनका केन्द्रिय उपाध्यक्ष नारायण घर्तिको उपस्तिथिमा समुदघाटन गरि दुई दिनसम्म भएकाे छलफल पश्चात् अध्यक्षमा भण्डारी चयन भएको हो ।
त्यस्तैगरी उपाध्यक्षमा मदन देवकोटा र सबिता तामाङ, सचिवमा नितित पाण्डे, सह-सचीवमा उपेन्द्र बोहरा, महेन्द्र बहादुर शाही, आकाश धामी, विवेक लामिछाने र कोषाध्यक्षमा ईश्वर गहतराज चयन भएको पूर्व अध्यक्ष सुरेश जिसिले जानकारी दिए।
सम्मेलनले नव निर्वाचित अध्यक्ष भण्डारीको नेतृत्वमा २९ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १२:४२