बाँसवारी पर गुरूङटार गाउँ भेट होला बाटैमा ।
मायाको चिनो राख्याछु मैले सम्हाली हातैमा ।
जाऊ घुम्न भक्तपुर शहर, हो हो जाऊ घुम्न भक्तपुर,
झन हाँस्दा तिमी, चन्द्रामा सरी,जुनेली रातको,
झन माया गाढा, गुरूङ सेनी, तिम्रो नै साथको ।
जाऊ घुम्न भक्तपुर शहर...
चाङ्गु नै पारी काटेर जाँदा देखिन्छ ब्रम्हखेल,
हुन्न है कान्छी मायामा हाम्रो न कुनै जालझेल ।
जाऊ घुम्न भक्तपुर शहर...
एकबारको जुनी, हाँसखेल गर्दै बिताउ है हाँसेर,
हातमा राखी स्वयम्वरको माला पिरती गाँसेर ।
जाऊ घुम्न भक्तपुर शहर...
-दिपक विवश आँँशु
ब्रम्हखेल, कागेश्वरी मनोहरा-४, काठमाडौं ।
प्रकाशित मिति: शनिबार, असोज ६, २०८० १८:१९