उदयपुर । आगामी असोज १२ र १३ गते हुने कोशी प्रदेश अधिवेशनको लागि नेकपा एमाले उदयपुरले प्रतिनिधि छनोट गरेको छ।
उदयपुरको आठ वटै पालिकाबाट सहमतिमै कोशी प्रदेश अधिवेशनको लागि प्रतिनिधि छनोट गरेको हो।
प्रथम प्रदेश अधिवेशनको लागि ८ वटा पालिका र २ वटा क्षेत्रगत प्रतिनीधिहरु सर्वसम्मत रुपमा टुङ्िगाएको नेकपा एमाले जिल्ला कमिटी उदयपुरका अध्यक्ष प्रमेश्वर घिमिरेले जानकारी दिए। घिमिरेले भने, ‘उदयपुर जिल्लाको भूगोलबाट ३१ जना प्रतिनीधि प्रदेश अधिवेशनमा सहभागी हुने छन्।’
सबै भन्दा बढि त्रियुगा नगरपालिकाबाट १० जना र सबै भन्दा कम लिम्चुङबुङबाट एकजना प्रतिनीधि चयन भएका छन्। दलित समुदायबाट २ जना र मजदुरबाट ३ जनाले अधिवेशनमा भाग लिने घिमिरेले बताए।
जसमा त्रियुगा नगरपालिकाबाट प्रकाश बस्नेत, ईश्वरमणी राउत, भागवत राउत, बिमल कार्की, नारद थापा, चन्द्रनारायण चौधरी, धिरेन्द्र दाहाल साथै त्रियुगा नगरपालिकाको महिला कोटाबाट भवानी थापा, गिता रेग्मी, महेस्वरी राईले भाग लिने छन्।
यसै गरी बेलका नगरपालिकाबाट दुर्गा कुमार थापा (स्वस्ती), धनपती आचार्य, सृजना तामाङ, चौदण्डीगढी नपाबाट पदमबहादुर राई, शम्भु पौडेल, कान्ता राई, कटारी नपाबाट ज्ञानेन्द्र श्रेष्ठ काजी, जिवनाथ दाहाल, रतन पोख्रेरेल, कला घले र गिता खड्काले प्रतिनिधित्व गर्ने छन्।
यता लिम्चुङबुंङ्ग गाउँपालिकाबाट देवराज राई, ताप्लीबाट बाबुराम राई र कमलमाया राई, उदयपुरगढी गापाबाट शैलेश लामा, गोपाल खत्री, र संङ्गिता बिश्वकर्मा, रौतामाई गापाबाट अम्मरबहादुर रायमाझी, कैलाश बस्नेत, जिबन कुमार कार्की (कुशल), कुमारी आलेमगर चयन भएका छन्।
मुक्ति समाज दलिततर्फको कोटाबाट दिलिप रसाइली (फुन्दे), बेनीबहादुर नेपाली, मजदुरबाट दिलबहादुर तामाङ, कृष्ण केशी र माया भण्डारी प्रतिनिधी छनोट भएको अध्यक्ष घिमिरेले जानकारी दिए ।