काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।
आज नेप्से परिसूचक १८ दशमलव ४५ अङ्कले बढेर २ हजार २२ दशमलव ९१ को बिन्दुमा कायम भएको हो।
आज विभिन्न कम्पनीका २ सय ८६ कम्पनीको ८७ लाख ४ हजार ४ सय ७७ कित्ता शेयर ७८ हजार ६ सय १६ पटक खरिदबिक्री हुँदा २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५ सय १८ बराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन समूहको उपसूचक ० दशमलव १८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जलविद्युत् समूह ३ दशमलव ९ प्रतिशत र वित्त समूहको उपसूचक १ दशमलव ४४ प्रतिशतले बढेको छ।
मेन्छियाम हाइड्रोपावर लिमिटेड र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, शुभम् पावर लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै मूल्य घट्नेमा भने हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ८७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको ८ करोड ३४ लाख ६६ हजार २ सय २४ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको ४ लाख १४ हजार ८ सय ५० कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० १७:०९