काठमाडौ । स्वास्थ्य बीमा बोर्ड टेकूले सेवा प्रदायक स्वास्थ्य संस्था सबैलाई दाबी भूक्तानी रकम पठाएको छ।
स्वास्थ्य बीमा बोर्ड टेकूले पत्र जारी गर्दै २०८०/०८१ काे प्रथम दाबी भूक्तानी रकम मिति २०८० साल असोज २ गतेको निर्णय बमोजिम सेवा प्रदायक स्वास्थ्य सबै संस्थालाई पठाएको हो।
दाबी रकम मध्ये कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रको पेश्की फर्छ्याैट रकम २,१२६।– भूक्तानी भएको संलग्न सिट बमोजिमको विवरण स्वास्थ्य बीमा बोर्ड, टेकू कार्यालयको वेबसाइट (www.hib.gov.np) मा राखिएको व्यहोरा समेत जानकारी गराएको छ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८० २१:२२