काठमाडौं। सामाजिक सेवामा अग्रणी अन्तरराष्ट्रिय सामाजिक संस्था लायन्स क्लव अफ काठमाडौं फेलोसिपले विभिन्न सामाजिक सेवा गर्दैआएको छ।
यसक्रममा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-४ नवलपुर स्थित श्रीभीमसेन आधारभूत विद्यालयका विद्यार्थीहरुलाई लायन्स क्लव अफ काठमाडौं फेलोसिपका प्रेसिडेन्ट राजेश हिमालयको नेतृत्वमा गएको टोलीले विशेष सहयोग गरेको हो।
प्रेसिडेन्ट राजेश हिमालयका अनुसार, उक्त विद्यालयका १ सय ९२ विद्यार्थीहरुलाई अत्यावश्यक शैक्षिक सामाग्रीका साथमा स्कुल व्यांग वितरण गर्ने कार्य भएको छ। सहयोग वितरण कार्यक्रममा इन्द्रावती गाउँपालिकाका उपप्रमुख शोभना तामाङको प्रमुख आतिथ्यता रहेको थियो।
साथमा एरिया कोर्डिनेटर गणेश वहादुर आचार्य, आयोजक लायन्स क्लव अफ काठमाडौं फेलोसिपका कोषाध्यक्ष सुशीला श्रेष्ठ, सदस्यहरु चण्डिका श्रेष्ठ, गणेश वहादुर राना, युवराज गिरीको विशेष सहभागिता रहेको थियो।
त्यस्तै, लायन्स क्लव अफ काठमाडौं ग्रीनसिटीका प्रेसिडेन्ट राजेन्द्र भट्ट, लायन्स क्लव अफ काठमाडौं दिवालयका प्रेसिडेन्ट बसन्त महर्जनको विशेष आतिथ्यता थियो ।
प्रकाशित मिति: शनिबार, असोज १३, २०८० १२:०९