काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
आज बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय १५ बढाउने निर्णय गरेको हो।
त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु ८ बढाइएको निगमले जनाएको छ। बढेको मूल्य आज राति १२ः०० बजेपछि लागू हुनेछ।
यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार १ सय १० पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ)मा प्रतिलिटिर १ सय ८२ दशमलव पाँच, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १ सय ८४ र काठमाडौँ, पोखरा र दिपायलमा १ सय ८५ पुगेको छ।
त्यसैगरी डिजेलको मूल्य पहिलो वर्गमा १ सय ७६ दशमलव पाँच, दोस्रो वर्गमा १ सय ७८ र तेस्रो वर्गमा १ सय ७९ प्रतिलिटर कायम भएको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ४४ र अन्तर्राष्ट्रियको मूल्य १ दशमलव ०९५ अमेरिकी डलर कायम भएको छ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८० २२:१७