काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ।
आज परिसूचक ५ दशमलव १९ अङ्कले बढेर १ हजार ९ सय ७६ दशमलव २९ अङ्कमा कायम भएको हो।
आज २ सय ८६ कम्पनीको ५७ लाख ७६ हजार ८ सय ९६ कित्ता शेयर ८५ हजार ५ सय ९१ पटक खरिद बिक्री हुँदा १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ बराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको उपसूचक घट्दा अरु सबै समूहका उपसूचक बढेको छन्। सबैभन्दा धेरै विकास बैंक समूह १ दशमलव ३३ र म्युचुअल फन्ड समूहको उपसूचक एक प्रतिशतले बढेको छ।
आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरै मूल्य घट्नेमा भने पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ५ दशमलव २९ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एशिया बैंक लिमिटेडको रू २१ करोड ६८ लाख ९ हजार १ सय ४१ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख ८७ हजार ५२ कित्ता शेयर किनबेच भएको छ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १६:३७