काठमाडौ । काठमाडौं उपत्यकाको निषेधाज्ञा केहि खुकुलो बनाउने गरी थप गर्ने तयारी भएको छ ।
जारी निषेधाज्ञाका बिषयमा छलफल गर्नका लागि अहिले उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्लाका अधिकारीहरुको बैठक बस्दैछ।
आजको बैठकले निषेधालाई के कसरी खुकुलो बनाउन सकिन्छ भनेर छलफल गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएको हो ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले यस बिषयमा थप छलफल गरेर निर्णय गरिने बताएका छन् । बैठकमा छलफल गरेपछि निषेधाज्ञा थप गर्ने र कुन–कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने छ ।
अब निश्चित समय दिएर कपडा पसललगायत पनि खुल्न दिनेबारे छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, असार ६, २०७८ १७:०७