काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ।
आज परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर १ हजार ९ सय ८ दशमलव ६६ को बिन्दुमा कायम भएको हो।
आज २ सय ८७ कम्पनीको ४३ लाख २७ हजार १ सय ७९ कित्ता शेयर ४८ हजार ४ सय ४४ पटक खरिदबिक्री हुँदा १ अर्ब १७ करोड १ लाख ७२ हजार ७ सय २२ बराबरको कारोबार भएको छ।
आजको कारोबारपछि कुल बजार पुँजीकरण २९ खर्ब ११ अर्ब २५ करोड १५ लाख ३० हजार पाँच सय एक कायम भएको छ।
उत्पादन तथा प्रशोधन समूहको उपसूचक ० दशमलव ९६ प्रतिशत र व्यापार समूह ० दशमलव ४९ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक प्रतिशतले घटेको छ।
आजको कारोबारमा सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै ० दशमलव ८८ प्रतिशतको वृद्धि देखिएको छ। सबैभन्दा धेरै घट्नेमा भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। त्यस्तै, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नविल बैंक लिमिटेडको ३ करोड ५१ लाख ४५ हजार ३ सय ६९ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सानिमा इक्विटी फन्डको एक लाख ६९ हजार एक सय ९१ कित्ता शेयर किनबेच भएको छ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० १६:०७