काठमाडौ । काठमाडौँ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८÷२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गत बिहीबार सभाको पहिलो बैठकमा सो नीति–तथा कार्यक्रम पस्तुत गरेको थियो।
नेपाली काँग्रेसनिकट जनप्रतिनिधिले नीति–तथा कार्यक्रम बारे अध्ययन गर्ने समय माग गरेपछि प्रमुख शाक्यले छलफल २ दिनका लागि स्थगन गरेको थियो ।
उपमेयरसहितका काँग्रेसनिकट वडाध्यक्षले नीति–तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाएका थिए।
प्रमुख शाक्यले उनीहरुबाट आएका सकारात्मक सुझावले कार्यक्रम गहकिलो बनाउने बताएका छन् ।
प्रकाशित मिति: आइतबार, असार ६, २०७८ १९:५८