मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक सङ्कट समाधान भएको बताएको छ।
प्रदेश प्रमुखको कार्यालयमा आज पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना सरकार गठनसँगै टरेको बताएको हो।
मख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सद्भाव र समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै त्यसका लागि छलफल, संवाद एवं वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
उनले सबै पक्षसँग सहमति कायम गरेर आफू काम गर्न प्रतिबद्ध रहेको बताए।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८० १९:४९