थसी, ललितपुर । अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा दे थकाली जीतलाल महर्जनको प्रमुख आतिथ्यतामा स्थानीय बुद्ध पार्टी प्यालेस थसीमा आयोजना गरि सम्पन्न भएको छ।
प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरेको सातौं साधारणसभामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालै मात्र 'रक्तदाता सम्राट्' र 'राष्ट्रिय रक्तनायक' बाट बिभूषित सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्य विशेष अतिथि रहेको थियोे।
साधारणसभालाई संस्थाका उपाध्यक्ष राज महर्जनले स्वागत मन्तब्य दिएको कार्यक्रममा अतिथिहरू क्रमशः सिटिजन लाईफ ईन्स्योरेन्सका सिईओ सुनिल पोखरेल, सिकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तीर्थराम डंगोल, पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाका सिईओ राजु खतिवडा,राष्ट्रिय सहकारी बैंक न्यूरोड शाखा प्रमुख रमा घिमिरे र महालक्ष्मी नगरपालिका सहकारी शाखा प्रमुख उर्मिला ढकाल रहेको सो साधारणसभाको सभापतित्व संस्थाका अध्यक्ष किशोर महर्जनले गरको थियो।
अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौं वार्षिकोत्सवदेखि समाज सेवाको क्षेत्रमा बिशेष योगदान पुर्याउन एक जना व्यक्तिलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो।
प्रथम पटक नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालै मात्र 'रक्तदाता सम्राट्' र 'राष्ट्रिय रक्तनायक' बाट बिभूषित सर्वाधिक स्वयंसेवी रक्तदाता कर्माचार्यलाई संस्थाका अध्यक्ष किशोर महर्जनले दोसल्ला ओढाई सम्मान-पत्र प्रदान गरि सार्वजनिक सम्मान गर्नुका साथै २५ हजारको नगद पुरस्कार स्वरूप डमी चेक उपलब्ध गराएको थियोे।
साथै सम्मानित एवं पुरस्कृत कर्माचार्यले मन्तब्यको क्रममा आफूलाई प्रदान गरेको उक्त धनराशी नेपाल स्वयंसेवी रक्तदाता समाजको रक्तदाता उत्प्रेरणा गतिविधिमा प्रयोग गर्नेगरि संस्थालाई प्रदान गर्ने घोषणा गरेका थिए।
उपस्थित सदस्यहरू लगायत शेयरधनीहरूका साथै आमन्त्रित पाहुनाहरूलाई मनोरञ्जनको लागि स्थानीय मौलिक तथा ऐतिहासिक पक्ष झल्कने गरि लाखे नाच, धिमे बादनका साथै साँस्कृतिक पहिरणमा गीतहरू, नृत्यहरू र भजनहरू प्रस्तुत गरिएको थियो।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८० २१:०५