मनको गहिराई भित्र मनलाई भेटेर गयो
अनायासै शब्दको छुराले हृदय रेटेर गयो।
यतै दुख्यो उतै दुख्यो मुटुको छेउ कुनामा
दिलको अमिट चित्र सबै सबै मेटेर गयो।
चिसा रातलाई अंगालोमा न्यानोले बेरिदैथे
झन् बेचैनी थपेर मौनताले लखेटेर गयो।
आफ्नै हुँ म तिम्रो भनि आड भरोसा दिई
अनुत्तरित प्रश्नहरुले शून्यलाई अचेटेर गयो।
पर्ख धैर्य गर आउँछ त्यो शुभ समय भनी
आशाहरु देखाएर परिस्थिति लपेटेर गयो।
- केसी अर्पणा
प्रकाशित मिति: सोमबार, असार ७, २०७८ ०८:१३