काठमाडौ । नेकपा माओवादी केन्द्रले पार्टि छाडेका स्थानिय तहका १४ जनप्रतिनीधि लगायतकालाई कारबाही गरेको छ।
पार्टिको केन्द्रिय समितिको आज बिहान बसेको भर्चुअल बैठकले यसअघि नै कारबाहीको सूचिमा परेकाहरुको नाम अनुमोदन गरेको प्रबक्ता नारायाणकाजि श्रेष्ठले जानकारी दिए ।
बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका साथै केही केन्द्रीय नेताहरुले समेत पार्टी छाडेकाले उनीहरुलाई कारवाही गरेको श्रेष्ठले बताए ।
यसअघि पार्टीले पार्टी छोडेकाहरूलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएपनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले त्यसबारे निर्णय नलिएकोले पार्टी छोडेका केन्द्रीय तहका नेतासमेतको बारेमा कारवाहीको प्रस्तावलाई अनुमोदन गरेको माओवादी केन्द्रले जनाएको छ ।
शुक्रबार लीलामणि पोखरेल, देव गुरुङ लगायतका नेताहरु निर्वाचन आयोग पुगेर पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारवाही गरेपनि आयोगले दल त्याग गरेको सूचना प्रकाशित नगरेको भन्दै आयोगका पदाधिकारीको ध्यानाकर्षण गराएका थिए।
आयोगले केन्द्रिय समितिले अनुमोदन गर्नुपर्ने बताएपछि आज कारबाहीको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेको थियो ।
प्रकाशित मिति: सोमबार, असार ७, २०७८ १५:२५