काठमाडौ । नेपालकै अग्रणी एवम् सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बडादशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ।
तिमी यो दशैंमा के गर्छौ ? नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ।
हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ ।
प्रथम हुनेलाई नगद ३० हजार, द्वितियलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ। यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यहि मिति २०८० कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछ।
दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा कम्पनीले उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ ।
यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले बडादशैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ ।
कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्नेकुरा बताएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८० २१:३०