ललितपुर । बडादशैंको बेला अरु सवै दशैं मनाउन व्यस्त भएको बेला संगीतकार बिजेन श्रेष्ठ भने, हिरो बन्न व्यस्त बने । संगीतकार श्रेष्ठ बडादशैंको महाअष्टमीको दिनभर ललितपुरको चापागाउं दोवाटो स्थित नखिपोट लाइनमा हिरो बन्न व्यस्ते बनिरहे ।
उनलाई हिरो बन्न निर्देशक रुपिन डंगोलले एक्सन कट भनेर घरी ओके र घरी कट भनेर अगाडि बढाइरहे । सधै संगीतको सारेगममा व्यस्त रहने संगीतकार श्रेष्ठले पनि आफूभित्रको अभिनय क्षमतालाई मज्जाले प्रस्तुत गर्न कुनै कसी बाँकी राखेनन्। साथमा सिद्धहस्त अभिनेता कृष्णभक्त महर्जनको कमेडीपूर्ण बुलन्द अभिनयले गजबै रमाइलो बाताबरण बनाइदियो ।
त्यसको अलावा नानु डंगोलको अभिनयले सुनमा सुगन्ध बनाइदिएको थियो। एक पछि अर्को
गीत नेपाली आधुनिक संगीतमा गीत लेख्दैआएका आयामिक गीतकार रविन पियाको विलकुलै भ्रष्टाचार विरोधी जिउ ज्यान सरकारी बोलको कमेडी गीतको भिडियोको शुटिङ गर्दाको मज्जा नै बेग्लै भएको र आफ्नो दशैं नै यही बन्न पुगेको प्रतिक्रिया पनि संगीतकारवाट हिरो बनेका हिरो बिजेन श्रेष्ठले दिएका छन्।
गीतकार रविन पिया पनि यो गीत आफूले लेखेका गीतहरुमध्ये फरक कमेडी गीत भएको कारण यसवाट आफू धेरै आशावादी भएको बताउंछन्। गीतको भिडियोको सम्पादन विकास प्रजापतिले गर्दैछन्। दशैंको लगतै गीतको भिडियो रिलिज गर्ने पक्षमा आफू रहेको निर्देशक डंगोलले भनेका छन्।
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८० ०८:५३