काठमाडौं । आफ्नै जीवन साथी श्रीमानलाई एकाएक भिनाजु भन्नुपर्दा प्रलय गाह्रो पर्ने गर्दछ। त्यस्तै गाह्रो लामो समयदेखि शिक्षण पेशामा आवद्ध शिक्षक रुना शर्मालाई भएको छ। रुना शर्मा र चलचित्रकर्मी सरोज शर्मा वीच विवाह भएको पनि २५ बर्ष पूरा भैसकेको छ।
२५ बर्ष लामो बैबाहिक जीवनमा पहिलो पल्ट रुनाले आफ्नै श्रीमान सरोज शर्मालाई भिनाजु भन्नुपर्दा मुटु नै फुट्ला जस्तो भएको थियो। तरपनि, कथाले मागेपछि श्रीमानलाई भिनाजु भन्नु नै प-यो र, भनेरै छाडे भनेर रुना शर्माले प्रतिक्रिया दिएकी छन्।
तिरुपति पिक्चर्सव्दारा निर्मित लामो भागको टेलिसिरियल बैनाको पहिलो भागमा नै दुःखान्त पनि प्रलय दुःखान्त भूमिकामा रहेका बास्तविक जीवनका श्रीमानलाई भिनाजुलाई संवोधन गरेर अभिनय गर्दा ज्यादै कठिन भएको रुनाले भनेकी छन्। श्रीमान सरोज शर्मा भने श्रीमतलाई साली बनाउनु पाउंदा मक्खै बनेका छन्।
कथाले मागेपछि मक्खै बन्नु प-यो भन्ने सरोज शर्मा भाउजु सुनिता भट्टराईलाई श्रीमती वनाउनु पर्दा भने गाह्रो भएको बताउंछन्। कथाले मागेपछि त्यो पनि गर्नैपर्दोरहेछ भन्ने सरोज शर्मा लामो भागको सिरियल बैना आफ्नो फिल्मी करियरकै सवोत्कृष्ट अभिनय गर्न पाएको सुनाउंछन्। बैना हेर्ने जो कोही पनि रुने गर्दछन्। बैना हेरेर नरुने शायदै होलान्। सवैको यस्तै प्रतिक्रिया छ।
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८० १८:३०