काठमाडौं। नेपाली समसामयिक आधुनिक संगीतका चर्चित गायक रामकृष्ण श्रेष्ठ गजबका नायक बनेका छन्। राजकुमार शाहव्दारा लिखित तथा निर्देशित सटमुबी हाकिममा हाकिम बनेर गायक श्रेष्ठ गजबका नायक बनेका हुन्।
विजया दशमी २०८० को अवसरमा विजया दशमीकै दिन सटमुबी हाकिम आरजे रामकृष्ण युट्युब च्यानल मार्फत विश्वव्यापी रिलिज भएयता गायक श्रेष्ठ नायक बनेको खुलासा भएको हो। दुई छोराको बाउ भएर पनि रातदिन श्रीमतीको कचकच सहन नसकेर अफिसकै राम्री स्टाफसंग मायाप्रेम गरेर विवाह गर्न ठिक्कै पर्दा दुई साना छोराहरुले कान समातेर ठीक्क पारेको मात्र नभइकन माइति गएको श्रीमती फर्केर आएर यथास्थानमा हाकिम बनेका नायक श्रेष्ठको बुद्धि ठेगानमा ल्याएको कथावस्तु सटमुबी हाकिममा रहेको छ।
निर्देशक राजकुमार शाहको खारिएको अभिनय क्षमताको कुशल अभिनयवाट गरिएको निर्देशनवाट नायक श्रेष्ठले गजबको स्वभाविक अभिनय गरेका छन्। त्यस्तै नायिका सन्तोषी कार्कीको अभिनय पनि गजबै छ। साथमा सुशीला थापा, अनेक श्रेष्ठ, गोमा पौडेल, रवि सुवेदी, विमल धौबन्जा लगायतका कलाकारका अभिनयले पनि हाकिमलाई हाकिम बनाइदिएको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८० १२:४७