ललितपुर। ललितपुर महानगरपालिकाका बाजीगर मेयर चिरिबाबु महर्जनले महानगरवासी तथा शुभचिन्तकहरुलाई बडादशैंको टीका लगाइदिने कार्यमा निरन्तरता दिएका छन्। बाजीगर मेयर चिरिबाबु महर्जनले महानगरवासी तथा शुभचिन्तकहरुलाई विजया दशमीको दिन देखि महानगरवासी तथा शुभचिन्तकहरुलाई व्दादशीको दिन आइपुग्दा पनि बडादशैंको टीका लगाइदिने कार्यमा निरन्तरता दिएका हुन्।
मेयर महर्जनको नीजि निवास कुपण्डोल हाइटमा आफूलाई सम्झेर आउने शुभचिन्तकहरुलाई बडादशैंको टीका लगाइदिने क्रममा खोकनाको शान तथा गौरब मात्र नभइकन देशकै शान तथा गौरब मानिएका आंट, धैर्य र साहसका प्रतिक स्वतन्त्र संसार महर्जनलाई बडादशैंको टीका तथा जमरा लगाइदिएर आशीर्वाद दिएका छन्। संसार अनलाइन टेलिभिजनका अध्यक्ष तथा महाप्रवन्धक समेत रहेका स्वतन्त्र संसार महर्जन र उनको टीमलाई मेयर महर्जनले निवासमा बडादशैंको टीका तथा जमरा लगाइदिएर आशीरवर्चन दिएका छन्।
ललितपुर महानगरपालिकालाई राम्रो र उज्यालो महानगरपालिका वनाउन अहोरात्र कार्य गर्दैआएका मेयर महर्जनको दोश्रो इनिङ हो । दोश्रो इनिङको पनि डेढ बर्ष पुगिसक्दा महानगरवासीको सल्लाह तथा सुझाव अनुसारको कार्य गर्दैआएको दावी गर्ने मेयर महर्जनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि व्यापक तारिफ गर्ने गरेका छन्। बालेनले प्राय विभिन्न सभासमारोहमा मेयर महर्जनले गर्ने गरेको तारिफ गर्ने गरेका छन्। अप्रत्यक्ष रुपमा बालेनले मेयर महर्जनलाई गुरु मान्ने गरेको छ।
मेयर महर्जनले पनि छोटो समयमा बालेनले गरेको कार्यको मुक्तकण्ठले तारिफ गरेका छन्। तर, लहडबाजीमा हतारमा कार्य गर्दा जनतालाई त्यसको नकारात्मक असर पर्न गएको कुरामा ख्याल राख्न पनि बालेनलाई मेयर महर्जनले सल्लाह दिएका छन्। बालेन गजबको जोश वोकेको मुडी मेयर भएको पनि प्रतिक्रिया व्यक्त गर्न महर्जन चुकेनन्।
मेयरमा निर्वाचित भएको पहिलो इनिङमा सुविधा सम्पन्न गाडी नचढ्किन थोत्रो कार चलाएर नयाँ गाडी किन्नुको सट्टा महानगरवासीको सुविधाको लागि एम्बुलेन्स किनेर चर्चामा आएका थिए। लामो समय थोत्रो गाडी विग्रदा आफैले घचेटेर भएपनि चलाएका थिए।
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८० १७:००