काठमाडौं। नेपाली सिनेमा तथा साहित्यको युगिन हस्ताक्षर प्रकाश सायमी सिनेमा तथा साहित्यको सर्जक मात्र नभइकन टेप लाइब्रेरी नै हो।
चालिसको दशकदेखि नेपाली सिनेमा तथा साहित्यमा अनवरत रुपमा खोजको स्रोतसर्जक बनेर अग्रता दिदैआएका प्रकाश सायमी नेपाली सिनेमा तथा साहित्यको भण्डार बनिसकेका छन्।
यिनै नेपाली सिनेमा र साहित्यको भण्डार प्रकाश सायमीको लागि वितेको तीन बर्षयता दशैं आएको र गएको पत्तो नै हुन छाडेको छ। यो बर्ष पनि त्यस्तै भएको छ–सायमीलाई !
यो बर्ष पनि कसरी दशैं आयो र आज शनिवार दशैंले कसरी विदा लिएर गएको कुनै थाहा नभएको जानकारी सायमीले दिएका छन्।
यसो हुनुको पछाडि अरु कुनै नैराश्यता तथा दशैंप्रतिको विद्रोह अनि वितृष्णा नभइकन पिताजी नहुनुको पिडा हो भनेर सायमीले खुलासा गरेका छन्। तीन बर्षअघि सायमी दशैं आउने दिन गनेर बस्ने गर्दथे।
दशैंको नवरथा देखि मनभरि रमाइलो महशुश गरेर मनलाई चंगा बनाएर चंगासंगै जिन्दगीलाई हलुका बनाएका ती दिनहरु एकादेशको कथा जस्तो भएको उनले भनेका छन्।
जीवनमा पिताजीको महत्व र आवश्यकता आफूले पिताजीको तीन बर्षयता धेरै बुझेको सायमी भन्छन्। सन्तानका हर खुशी र उमंगका लागि हरपल हरदम हार्ने पिता नहुनुको दशैं दशैंजस्तो नहुने रहेछ भनेर सायमीले पितालाई सम्झदै दुःखका साथ दशैंको प्रतिक्रिया दिएका छन्।
यसले गर्दा यो बर्ष पनि प्रकाश सायमीको शव्दमा दशैं आएको थाहा भएन र गएको पनि थाहा भएन !
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८० २२:२१