काठमाडौं। सन् २०२० मा मलेसियाका क्वालालाम्पुरमा आयोजित मिसेस टुरिजम एम्बेस्डर वर्ल्ड बनेर नेपालको गौरब र शान बढाउन सफल नेपाली सेलिब्रेटी मिसेस टुरिजम शिलास्मा हमाल चुप लागेर बस्न सक्ने सेलिब्रेटी नै होइन । विरामीको बाबजुद पनि विभिन्न इभेन्ट प्रोग्रामहरुमा सक्दो सहभागिता जनाएर आफूले गर्नुपर्ने सामाजिक उत्तरदायित्व निर्वाह गर्दैआएकी छन्।
यसक्रममा बाँकेको नेपालगञ्जमा आयोजित मिस एण्ड मिस्टर मोडल अफ बाँके इभेन्ट प्रोग्राममा शोज टपर बनेर मिसेस टुरिजम शिलास्मा हमालले आफूभित्रको बेग्लै खुबी प्रस्तुत गरेर सवैको वाहवाही बटुलेकी छन्। ब्राइट इभेन्ट म्यानेजमेन्टको लागि शैलजा शाह र राजन बुढाथोकीको आयोजनामा भएको मिस एण्ड मिस्टर मोडल अफ बाँकेमा आधुनिक शैलीको लंग ड्रेसमा प्रस्तुत भएर आफूभित्रको अतुलनीय सुन्दरता सहितको भाव अभिनय प्रस्तुत गर्न हमाल सफल बनेकी थिइन्। कार्यक्रममा भारत र अफगानिस्तानका टप मोडलहरुको सहभागिता रहेको थियो। नेपालगञ्जको सोल्टी होटलमा आयोजित उक्त कार्यक्रममा दिक्पाल कार्कीले होस्टिङ गरेका थिए। कोरियोग्राफी भने विवेक श्रेष्ठको रहेको थियो।
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८० १३:०९