काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। नेकपा एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार पदबाट राजीनामा दिएपछि कोशी प्रदेश सरकारवाट नेकपा एमाले बाहिरिएको हो।
मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेको सहमति बिनानै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार नियुक्त गरेपछि नेकपा एमाले असन्तुष्ट बनेर सरकारवाट बाहिरिएको जनाएको छ। गत असोज २७ गते रामबहादुर राना मन्त्री नियुक्त भएको थियो। तर, मगरको जिम्मेवारी भने तोकिएको थिएन।
नेकपा एमालेको सहमर्थनवाट नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा बहुमत जुटाएर सरकार गठन गरेको थियो। नेकपा एमाले सरकारवाट बाहिरिएपछि फेरि कोशी प्रदेश सरकारमा संकट आउने निश्चित भएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० ०८:११