काठमाडौ । सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हिजो र साल्ट ट्रेडिङले आजदेखि खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेको हो।
काठमाडौँ उपत्यकाका ३ जिल्लासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो भएसँगै २० प्रतिशत छुट रोकिएको खाद्य कम्पनीले जनाएको छ ।
कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले गत वैशाख २० गतेदेखि देशभर रहेका ४८ वटा बिक्री काउन्टरबाट दिइएको छुट हिजोदेखि रोकिएको जानकारी दिए ।
न्यौपानेका अनुसार कम्पनीले करीब डेढ महिनाको अवधिमा १ करोड ३८ लाख रुपंैयाभन्दा बढीको छुुट दिइएको छ। करीब ६ करोडभन्दा बढीको कारोबार हुँदा उक्त रकम छुट दिइएको हो ।
छुट अवधिमा १२ हजार ८८ क्विन्टल चामल बिक्री गरिएको छ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले समेत आजदेखि छुट रोकिएको जनाएको छ।
दुई कम्पनीले छुट दिँदा उपभोक्ताको भीड बढेको भन्दै गत वैशाख २५ गतेदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र खाद्यान्नमा छुट दिएका थिए।
प्रकाशित मिति: बुधबार, असार ९, २०७८ १४:२८