काठमाडौ । गैह्रआवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ।
सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उनका पक्ष-विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
कमिटिमा मृतकको परिवारबाट लिएको बीमा वापतको ११ लाख रुपैंयाँ अनियमितता भएको विवाद छ। विवाद तत्काल समाधान नभएपछि छानबिनका लागि अन्तर्राष्ट्रिय समितिमा लिखित आग्रह गरिएको छ।
एनआरएनए, जापानका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिवसहित बहुुमत कार्यसमिति सदस्यले अध्यक्ष भण्डारीमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै राजीनामा नदिए निलम्बन गर्ने तयारी गरेका छन्।
अध्यक्ष भण्डारीले भने उक्त आरोप केवल आरोप मात्रै भएकाले आफूले अनियमितता नगरेको जिकिर गरका छनन्। एनआरएनए, जापानभित्र भ्रष्टाचारको आरोप यसअघि सन २०१७ मा पनि लागेको थियो।
प्रकाशित मिति: बुधबार, असार ९, २०७८ १४:३८