काठमाडौँ । अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप-२०२३ को उपाधि जितेको छ।
अहमदाबादमा भएको फाइनलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो।
अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजेता बनेको हो। अष्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि चुमेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार भारतले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्यो।
अष्ट्रेलियाको जीतमा ट्राभिस हेडले १ सय ३७ रनको शतकीय पारी खेले । उनलाई मार्नुस लबुसेनले साथ दिए। लबुसेनले अविजित ५८ रन बनाए।
साथै मिचेल मार्सले १५ र डिभेड वार्नरले सात, स्टेभन स्मिथले ४ र ग्लेन म्याक्सवेलले अविजित २ रन बनाए। भारतका लागि जसप्रित बुमराहले २ र मोहम्मद शामी र मोहम्मद सिराजले १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ४० रन बनाएको छ। उसका लागि विकेटकिपर केएल राहुलले १ सय ७ बलमा ६६ रन बनाए।
साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए । साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले ९/९ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन्।
अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले २/२ विकेट लिए। साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एकरएक विकेट लिए।
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८० ०८:३७