काठमाडौँ । समान विचार भएका पार्टी एकताका लागि पार्टी अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ।
काठमाडौँमा नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र) लगायत विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता गर्दै लैजाने निर्णय गरेको हो।
अध्यक्ष भट्टराईको संयोजकत्व गठित संयोजन समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गङ्गानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह सदस्य रहने सो पार्टीले जनाएको छ।
सङ्गठन निर्माण तथा विस्तार अभियानको समयावधि दुई महिना थप गरी फागुन मसान्तसम्म पुर्याउने र सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने निर्णय पनि गरेको सो पार्टीले जनाएको छ।
त्यसैगरी मङ्सिर–पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने, माघ–फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने र वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८० २१:३८