काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ८७ अङ्कले उकालो लागेर १ हजार ८ सय ६० दशमलव २० मा पुगेको हो।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७६ अङ्कले उकालो लागेर ३ सय ५६ दशमलव ९८ मा पुगेको छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। कूल ४४ लाख २० हजार ५ सय १८ कित्ता शेयर १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४ सय ३० मूल्यमा खरिद बिक्री भएका छन्।
कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको १३ करोड १० लाख ७६ हजार १ सय ५ बुराबरको कारोबार भयो।
यस्तै, सोनापुर मिनरल्स ९ करोड ५८ लाख १ सय ६९,सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड ५ करोड ४१ लख ९८ हजार १ सय ८१, सिटिजन लाइफ इन्स्योरेन्स ५ करोड ३० लाख ४४ हजार ४ सय ८५ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ५ करोड २१ लख २७ हजार ७ सय १४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर ९ दशमलव ९७, थ्री स्टार हाइड्रोपावर ८ दशमलव ५८, सिक्लेस हाइड्रोपावर ८ दशमलव ५४, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ८ दशमलव २५ र सानिमा जिआइसी इन्स्योरेन्सका लगानीकर्ताले ६ दशमलव ३१ प्रतिशतले कमाएका छन्।
यस्तै नवील बैंक ८ दशमलव २०, किसान लघुवित्त ५ दशमलव ७८, सपोर्ट माइक्रोफाइनान्स ५ दशमलव ३४, माहुली लघुवित्त ४ दशमलव ५३ रहिमालयन लघुवित्तका लगानीकर्ताले ३ दशमलव ७३ प्रतिशतले गुमाएका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८० २०:१२