काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले ओरालो लागेको छ। मङ्गलबार उच्च अङ्कले बढेको नेप्सेले बुधबार सोही लय पछ्याउँन नसकेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ५१.६५ अङ्कले घटेर नेप्से २ हजार ८६२.१८ मा ओर्लेको छ भने ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.३७ बिन्दुले घटेर ५२८.९७ मा ओर्लेको छ ।
नेप्सेको ओरालो यात्राको प्रभाव कारोवार रकममा समेत देखिएको छ । कूल २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ मा खरिद बिक्री भएका छन् ।
बुधबारको कारोवार पछि बजार पूँजीकरण पनि मङ्गलबारको तुलनामा खुम्चिएको छ । मङ्गलबार ४० खर्ब ४८ अर्ब २ करोड ४४ लाख बराबर पुगेको बजार पूँजीकरण आज घटेर ३९ खर्ब ७३ अर्ब १७ करोड ७५ लाख ४० हजारमा सीमित भएको हो।
कारोवार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ भने बैंकिङ २८.५४, व्यापार ५५.५६, होटल तथा पर्यटन ६९.७७, विकास बैंक १६०,६६, जलविद्युत् ७१.४९, वित्त ६७.४४, निर्जीवन बीमा २८०.१२, उत्पादन १२१.१३, अन्य ४४.४३, लघुवित्त १००.३२, जीवन बीमा ३८७.४२ , सामूहिक लगानी कोष ०.१४ र लगानी उपसमूह ०.३९ बिन्दुले घटेको छ।
कारोवारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५४ करोड २० लाख ३६ हजार बराबरको कारोवार भएका छन् ।
यस्तै, नेपाल इन्स्योरेन्स कम्पनी ४२ करोड ४लाख ४८ हजार ७३५, राधी विद्युत् कम्पनी ३८ करोड ४१ लाख ६८ हजार ५६५, नेशनल हाइड्रोपावर कम्पनी ३३ करोड ८९ लाख ५६ हजार २५९ र एचआइडिसिएल ३० करोड ३१ लाख ७६ हजार १६५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
कारोवारका आधारमा राधी विद्युत् कम्पनी ९.७१, ङादी ग्रसप अफ पावर ९.०९, छ्याङदी हाइड्रोपावर ६.५६, नेपाल इन्स्योरेन्स ६.१६ र घलेम्दी हाइड्रोका लगानीकर्ताले ६.०२ प्रतिशतले कमाएका छन् ।
कालिका पावर कम्पनी ५.६०, नेपाल फाइनान्स ५.४८, मञ्जुश्री फाइनान्स ५.१४, नेपाल हाइड्रो डेभलपर ५.०८ र अरुण काबेली पावरका लगानीकर्ताले भने ५ प्रतिशतले गुमाएका छन्।