टक्सार, भोजपुर । भोजपुर नगरपालिका उप-प्रमुख निर्मला शेर्पाले बैठक भत्ता बापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गरेको छ।
उप-प्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गरेको हो।
साथै त्यहाँका शिक्षक शिक्षिका, विद्यालयको अक्षय कोषका दाता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीलाई सम्मान गरेको हो।
बालबालिकालाई नियमितरूपमा विद्यालय जान प्रेरित गर्न तथा विद्यालयको श्रीवृद्धिमा योगदान गरेकाहरूको कदरस्वरुप उनीहरूलाई सम्मान गरेको उप-प्रमुख शेर्पाले बताए।
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८० १०:५०