काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४७ दशमलब ७५ अङ्कले उकालो लागेर १ हजार ९ सय ७ दशमलब ९५ मा पुगेको हो।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलब ८३ अङ्कले उकालो लागेर ३ सय ६४ दशमलब ८१ म पुगेको छ।
नेप्सेका अनुसार कूल ६५ लाख ३० हजार ६ सय ४३ कित्ता शेयर २ अर्ब १ करोड १७ लाख ६३ हजार ३ सय ५८ मूल्यमा कारोबार भएको छ।
नेप्सेका अनुसार, कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। सो कम्पनीको ११ करोड ६६ लाख ६७ हजार २ सय ६० बराबरको कारोबार भएको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ७ करोड ५६ लाख ९४ हजार ५ सय २१, नबिल बैंक ७ करोड ३७ लाख १२ हजार २ सय ८० ,सिटिजन लाइफ इन्स्योरेन्स ६ करोड ३४ लाख ८६ हजार ३ सय ६ र आइएमई लाइफ इन्स्योरेन्स ५ करोड ९८ लाख ८३ हजार ५ सय २४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।
छ्याङ्दी हाइड्रोपावर,भगवती हाइड्रोपावर,विजय लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । स्वरोजगार लघुवित्त ९ दशमलब ८९ र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ९ दशमलब ८८ प्रतिशतले कमाएका छन्।
यस्तै,इन्फिनिटी लघुवित्त २ दशमलब ४७,एनएमबी सुलभ इन्भेक्ष्टमेन्ट फण्ड दोस्रो,आशा लघुवित्त २ दशमलब ४४,आत्मनिर्भर लघुवित्त २ दशमलब ३९ र नबिल डिवेञ्चरका लगानीकर्ताले १ दशमलब ९९ प्रतिशतले गुमाएका छन्।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८० १५:५९