विराटनगर, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सभामा पेश भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताएको छ।
विधेयकको सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभा हलमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री कार्कीले सो कुरा बताएको हो।
विशेष परिस्थितिमा आएको यो बजेट जनताका घरदैलोसम्म पुर्याउने लक्ष्यका साथ योजना र बजेटको व्यवस्था गरेको बताउँदै मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेशमा १० वर्ष मुनिका बालबालिकाको उपचार बजेट पारित भएकै दिनदेखि निःशुल्क उपचार हुन्छ।’
मुख्यमन्त्री कार्कीले सांस्कृति एकता र सद्भावलाई ध्यानमा राखि ल्याएको यो बजेटले सुनसरी र इनरुवा सडकको स्तरोत्रति गर्ने, केशल्या कोरीडोरलाई व्यवस्थित गर्ने जनाउँदै बजेटले भौतिक र मानव विकासमा केन्द्रित छ भने।
उनले शैलेजा हृदयकेन्द्र अस्पताल निर्माण र महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्ने बजेटको विशेषता छ भन्दै प्रदेशको राजधानी आउनसम्मका सबै बाटोलाई व्यवस्थित गर्ने दावी गरे।
मुख्यमन्त्री कार्कीले विराटनगरको रानीदेखि सुनसरीको दुहबीसम्म बाइपास बाटो निर्माण गर्ने भन्दै राजस्व बढाउन लोककल्याणकारीका योजनाहरु सञ्चालन हुने बताए।
बजेट अध्यादेशबाट आएपनि सबैको मनछुने गरी बजेट ल्याएको र यसले आम नागरिकको आवश्यकता र चाहनालाई पूरा गर्ने दावी गर्दै बजेट पूर्णरुपमा कार्यान्वयन भई परिणाममुखी हुने कुरामा जोड दिए।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८० १८:०६