काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ।
यो साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ७ दशमलव २९ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव २३ को बिन्दुमा सीमित भएको हो।
आज विभिन्न २ सय ९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता शेयर ३६ हजार ९ सय ७७ पटक खरिदबिक्री हुँदा ९६ करोड ४० लाख १० हजार ४ सय ३१ बराबरको कारोबार भएको छ।
लघुवित्त समूहमा ० दशमलव ०६ प्रतिशतको वृद्धि देखिएको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै म्युचुअल फन्ड समूह १ दशमलव २५ र वित्त समूह ० दशमलव ५५ प्रतिशतले घटेको छ।
सबैभन्दा धेरै थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९ दशमलव ६३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेड र युनाईटेड आइडिआई मर्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ६ करोड ९५ लाख २९ हजार २ सय ७० बराबरको २ लाख ३६ हजार ७ सय ८८ कित्ता शेयर किनबेच भएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८० १६:१९