काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ।
आज नेप्से परिसूचक १० दशमलव १० अङक्ले घटेर १ हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो।
आज दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार ६ सय ८२ कित्ता शेयर ३८ हजार ५ सय ८४ पटक खरिदबिक्री हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४ सय ३८ बराबरको कारोबार भएको छ।
आज जीवन बीमा समूह ० दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २ दशमलव ५७ र होटल तथा पर्यटन समूह १ दशमलव ७१ प्रतिशतले घटेको छ।
सिँगटी हाइड्रो लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक ‘सर्किट’ लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने विशालबजार कम्पनी लिमिटेडको शेयर मूल्य ९ दशमलव ५३ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेडको ३६ करोड २९ लाख ५७ हजार ४ सय २४ बराबरको ८ लाख ३१ हजार ३ सय ५० कित्ता शेयर किनबेच भएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८० १६:५८