सुर्खेत, । दसौँ राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुने युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले बताएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधीन रंगशालाको अवलोकन गर्ने क्रममा भवितव्य परेको अवस्थामा बाहेक निर्धारित मितिमै प्रतियोगिता हुने मन्त्री डिग बहादुर लिम्बुले बताएकाे हो।
निर्माण भइरहेको रंगशाला र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता प्रति धन्यवाद दिँदै उनले अब पूर्वाधारको अभावमा प्रतियोगिता प्रभावित नहुने विश्वास व्यक्त गरेका हुन्।
त्यसै क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले २०८१ मंसिरमा दसौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने बताए।
सुर्खेतमा निर्माणाधीन रंगशालाको अवलोकन गर्दै नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ लगायतको टोली सुर्खेत पुगेका हुन।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८० १०:२२