काठमाडौं । सेयर कारोबार नेप्सेमा आज आइतबार ५ प्रतिशतको वृद्धिपछि ४० मिनेटको लागि सर्किट लागेर बन्द भएको नेप्से पुनः बढेर ६ प्रतिशत पुगेपछि आजको लागि बन्द भएको छ।
आइतबार सूचक लगातार बढेर ६ प्रतिशत पुगेपछि कारोबार बन्द भएको हो। सेयर बजार बढेसँगै लगानीकर्ताहरूमा उत्साह देखिएको छ।
दोस्रो सर्किट ब्रेकपछि १२ बजेर ७ मिनेट २९ सेकेन्डमा खुलेको शेयर कारोबार नेप्से ६ प्रतिशतले बढ्दा १११ अंकले बढेर नेप्से १९६३ अंकमा पुगेको छ।
आइतबार करिब १० मिनेट चलेको बजारमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।
नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई बजारले सकारात्मक रूपमा स्वागत गरेको बुझ्न सकिन्छ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० १२:४४